भारी वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा

काठमाडौं । साउन २३, भारी वर्षाका कारण काठमाडौंको ढुंगेधारा क्षेत्र पनि डुबानमा परेको छ ।
काठमाडौंमा सोमबारदेखि नै अविरल वर्षा भएपछि विभिन्न क्षेत्रमा डुबान भएको हो । उपत्यकामा रातभर भारी भएको वर्षाले नदी र खोलाहरुमा बाढी आएको हो । यहाँका सामाखुसी, बसपार्कको विष्णुमतिलगायतका क्षेत्रमा डुबान भएको छ ।
विष्णुमति, वाग्मती र धोबीखोलामा पानीको बहाव अझ उच्च हुने अनुमान छ ।
बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।