बल्खु तरकारी बजार क्षेत्र डुबानमा

काठमाडौं । साउन २३, रात भरी आएको भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ ।
बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए ।
‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भने । उनका अनुसार तरकारी बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको छ ।
विष्णुमति, वाग्मती र धोबीखोलामा पानीको बहाव अझ उच्च हुने अनुमान छ ।
बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।