पाल्पा-बुटवल सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा

सहयात्रा टिभी

काठमाडौं । साउन २३, मंगलबार बिहानैदेखि पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सडकखण्डको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिबाट खसेको पहिरो हटाएर एकतर्फी रुपमा सवारी आवागमन सुरु गरिएको प्रहरीले जनाएको छ ।

बिहान तिनाउ गाउँपालिका-३ ड्यामसाइटस्थित सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमाथि ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो।

लेदो र ढुंगासहितको पहिरो हटाउन सुरुङमार्ग आयोजनाको मेसिन प्रयोग गरिएको थियो। हाल एकतर्फी रुपमा सवारी पास हुनेगरी सडक खुलाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।

 

प्रकाशित : 8 August, 2023

प्रतिक्रिया दिनुहोस्