विश्वराज छटपटाइरहे तर कोहि सहयोगी मन पुगेन बोरु मृत्युले लग्यो

सहयात्रा टिभी

काठमाडौँ । साउन २५,  सामाजीक संजाल भरी यत्रतत्र देखिएको दृश्य थियो । रमिते दर्शकले सामाजिक संजालमा पुर्याउन भ्याए तर सहयोग गरी हस्पिटल पुर्याउन विलम्ब गरे ।

सडकै रगताम्मे हुने गरी रक्तस्राव भएका घाइतेको उद्धारको सट्टा प्रत्यक्षदर्शीहरू फोटो र भिडियो खिच्न व्यस्त, अस्पताल लैजान ढिलाइ हुँदा बाटोमै मृत्यु  भएको छ ।
रोजगारीका लागि फ्रान्स जाने कागजात बोकेर काठमाडौं हिँडेका छोराको मृत्युपछि बाबुआमा अचेत अबस्था छन् ।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– ७ स्थित १६ किलोमा मंगलबार बस र मोटरसाइकल आपसमा ठोक्किँदा देखिएको हृदयविदारक तस्बिर यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बस र मोटरसाइकल ठोक्किएर गम्भीर घाइते भई खुट्टाबाट सडक नै रगताम्मे हुने गरी रक्तस्राव भइरहेका दोलखा बैतेश्वर गाउँपालिका– ७ का २३ वर्षीय विश्वराज श्रेष्ठ दुर्घटना भएकै सडकमा झन्डै आधा घन्टा दुई हात टेकेर रुँदै सहयोगको याचना गरिरहेका थिए ।

तर, घटनास्थलमा उभिएको भिडले उनको उद्धारमा चासो गरेन, उल्टै केही मानिस त्यो हृदयविदारक तस्बिर र भिडियो खिच्न लागिरहेको देखिन्छ ।

दुर्घटना भएको झन्डै आधा घन्टापछि प्रहरी चौकी लिसंखुपाखरका प्रहरी सहायक निरीक्षक नेत्र काफ्लेको टोली घटनास्थल पुगेको थियो । त्यसपछि प्रहरीले लिसंखुपाखर गाउँपालिका– ६ को एम्बुलेन्स मगाएर घाइते श्रेष्ठलाई खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल पुर्‍याएको थियो ।

अस्पतालले रक्तस्राव रोक्न नसक्ने र तत्काल काठमाडौं लैजान भनेपछि श्रेष्ठलाई काठमाडौं लगिएको थियो ।

दुईजना प्रहरीले एम्बुलेन्समा काखमा राखेर लगिरहेका विश्वराज बाटोभरि छटपटाउँदै प्रहरी र एम्बुलेन्सचालकलाई अंकल गाडी छिटो हाँक्नु न मलाई छिटो अस्पताल पुर्‍याउनु भन्दै रोइरहेका थिए ।

अत्यधिक रक्तस्रावका कारण विश्वराजले काभ्रेको साँगा पुग्दानपुग्दै देहत्याग गरे । प्रहरीका अनुसार उनलाई धुलिखेल अस्पताल राख्न खोजिएको थियो, तर परिवारका सदस्यले बी एन्ड बी अस्पताल नै ल्याउन भनेपछि धुलिखेल अस्पताल गेटबाटै फर्काइएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख मुकेश न्यौपानेले बताए ।

 

प्रकाशित : 10 August, 2023

प्रतिक्रिया दिनुहोस्