नेप्सेमा सामान्य वृद्धि
सहयात्रा टिभी
काठमाडौँ । साउन २५ साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ ।
सेयर बजार परिसूचक नेप्से ५.१३ अंकले बढ्दा २०६६.०५ विन्दुमा बन्द भएको छ । यो ०.२४ प्रतिशतको वृद्धि हो ।
बिहीबार होटल तथा पर्यटन परिसूचकमा सर्वाधिक वृद्धि देखिएको छ । सो परिसूचक २.६७ प्रतिशतले वृद्धि भएको हो ।
कूल २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँ बराबरको कारोबार भएको हो ।