भोटाहिटीको एक गोदाममा आगलागी

काठमाडौं । साउन २६, काठमाडौंको भोटाहिटीस्थित एक गोदाम घरमा आगलागी भएको छ ।
बिहीबार राति सुरु भएको आगलागी निभाउन काठमाडौं महानगरपालिका, ललितपुर महागरपालिकालगायतका दमकल पुगेका छन् ।
भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी राकेश श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए ।
भोटाहिटीस्थित नेपाल हाउसको पाँचौं र छैठौं तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।
मथुराम श्रेष्ठको घरमा भाँडाकुँडाको गोदाम रहेको कोठामा आगलागी भएको हो। करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
उनका अनुसार कपडा र भाँडाकुँडा राखिएको ठाउँमा आगलागी भएको हो ।क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।