मौसम प्रतिकुल हुँदा तीन विमानस्थलमा उडान प्रभावित

सहयात्रा टिभी

काठमाडौं । साउन २८, प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ ।

पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द छन् । तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ । अन्तर्राष्ट्रिय उडान जारी छ ।

प्रकाशित : 13 August, 2023

प्रतिक्रिया दिनुहोस्