इथियोपियामा सुरक्षा बल र मिलिसियाबिच भिडन्त, २६ जनाको मृत्यु

सहयात्रा टिभी

इथियोपिया । साउनख ३०, इथियोपियामा सुरक्षा बल र मिलिशिया समूहबीच भिडन्त भइरहेको छ । इथियोपियाको मानवअधिकार आयोगले दुई समूहबीच जारी झडपलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ ।

भिडन्तका क्रममा इथियोपियाको फिनोट सेलममा विस्फोट समेत भएको छ । विस्फोटमा कम्तिमा २६ जनाको मृत्यु भएको छ ।

विदेशी सञ्चारमाध्यमका अनुसार फिनोट सलेम जनरल अस्पतालका सीईओ मनय टेनावले उक्त क्षेत्रमा विस्फोट भएको बताए । विस्फोटमा परी अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ । ५० जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

गत अगस्ट ३ मा पनि अम्हारा सरकारी सेना र फानो नामक स्थानीय मिलिसियाबीच लडार्इँ भएको थियो । दुई समूहबीच केही समयदेखि तनाव जारी छ । इथियोपियाली सरकारले अम्हारामा छ महिनाको आपतकाल घोषणा गरिएको छ ।

प्रकाशित : 15 August, 2023

प्रतिक्रिया दिनुहोस्