देशभरि १३ हजार डेङ्गु सङ्क्रमित

सहयात्रा टिभी

काठमाडौ । साउन ३०,देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको जनाएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका जानकारी प्रप्त भएको छ ।

डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ। महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेङ्गुको सङ्क्रमण बढिरहेको बताए। उनले दैनिक सङ्क्रमण बढिरहेकाले सतर्कता अपनाउनु आग्रह गरे।

 

प्रकाशित : 15 August, 2023

प्रतिक्रिया दिनुहोस्