एयर इन्डियाको जहाज धावनमार्गमै अड्किँदा ५७ मिनेट अबरोध

सहयात्रा टिभी

काठमाडौ । साउन ३०, एयर इन्डियाको काठमाडौं दिल्ली उडानको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएको छ ।

 

विमानस्थल स्रोतका अनुसार उडान नम्बर २१६ को जहाजको ह्विललक भएका कारण धावनमार्गमै अड्किएको हो । एयर इन्डियाको जहाज धावनमार्गमा अड्किँदा करिब ५७ मिनेट त्रिभुवन विमानस्थलमा उडान र अवतरण नै रोकिएको थियो ।

अपरान्ह सवा पाँच बजेदेखि भने उडान अवतरण सुरु भएको छ । ह्विल लक भएको जहाजलाई तानेर पार्किङतर्फ ल्याई धावनमार्ग खुला गरिएको थियो ।

 

प्रकाशित : 15 August, 2023

प्रतिक्रिया दिनुहोस्