खाँदबारीमा पाशविक यातना कै कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष

काठमाडौँ । साउन ३२, संखुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातना दिएका कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष मानवअधिकारकर्मीहरुले निकालेका छन् ।
संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार कारागार भित्र मारिएका थिए ।
स्थलगत अध्ययनमा पुगेका अधिकारकर्मीहरुले कारागारभित्रै कुटपिट गरेर हत्या गरेपछि बिहान मात्रै उनीहरुलाई अस्पताल लगेको निष्कर्ष पनि निकालेका छन् ।
मृतक दुई जनाले कारगारबाट भाग्ने प्रयास गरेका थिए । कारागारको शौचालयको झ्याल फोडेर बाहिर निस्किएका उनीहरु बाहिरको ठूलो पर्खाल नाघेर भाग्न सक्ने अवस्थामा थिएनन् । त्यसैक्रममा प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई कारागारका सुरक्षाकर्मी र कैदीले कुटेको अनुगमन टोलीको निष्कर्ष छ ।
‘बाहिर निर्मम र पाशविक यातना दिएपछि अन्तिममा भित्री प्रशासनलाई बुझाएको देखिन्छ,’ स्थलगत अनुगमनका लागि घटनास्थल पुगेर फर्किएका इन्सेक कोशी प्रदेश संयोजक सोमराज थापाले भने, ‘भित्रको प्रशासनले पनि कुटपिट गरेको देखिन्छ ।’
मृतकमाथि रड र लाठी पनि प्रहार भएको थियो । अनुगनका लागि पुगेको टोलीका एक सदस्यका अनुसार यातना दिने क्रममा उनीहरुको खुट्टामा रड घोपिएको थियो । रड घोपिएको डाम शवमा प्रष्ट देखिन्छ । सुरुमा प्रहरीले यातना दिएपछि अन्तिम अवस्थामा कारागारको आन्तरिक प्रशासनलाई बुझाएको थियो । आन्तरिक प्रशासनले पनि कुटपिट गरेको अनुगमन टोलको निष्कर्ष छ ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका प्रमुख पवनकुमार भट्टले राज्यको नियन्त्रणमा रहेका मानिसको अमानवीय तरिकाले कुटपिट पछि मृत्यु भएको देखिएको बताए ।
राज्यका निकायको गम्भीर लापरबाही देखिएको बताउँदै उनले आयोगले अनुगमन प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने बताए ।
‘