चेम्बर अफ कमर्सले सोह्रौं योजनालाई वस्तुनिष्ठ बनाउन पहल

काठमाडौँ । साउन ३२, नेपाल चेम्बर अफ कमर्सले सोह्रौं योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन पहल गर्दै राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएको छ ।
मुलुकमा रहेका प्राकृतिक श्रोत र साधनको उच्चतम प्रयोग एवं निर्यातको वातावरण सिर्जना गर्नेगरी योजना तर्जुमा गर्न चेम्बरले सुझाव दिएको हो ।
सोह्रौं योजनाको अवधारणा एवं अतिकम विकसित मुलुकहरुको सूचीबाट स्तरोन्नतीपछि उत्पन्न परिस्थितीबारे चेम्बरले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ सहित निजी क्षेत्रका सरोकारवालसँग चेम्बर भवनमा आजवृहत छफल गरेको हो ।
पन्ध्रौं योजनामा उल्लेखित कतिपय लक्ष्यहरु पुरा हुन नसकेको सन्र्दभमा सोह्रौं योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउनुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए ।
योजना आयोगको लक्ष्य एवं सरकारको वार्षिक बजेटबीच समन्वय हुन नसक्दा अपेक्षा अनुसारको परिणाम हासिल हुन नसकेको मल्लको भनाइ छ ।