आन्ध्र महासागरमा डुंगा पल्टिदा ६३ जनाको मृत्युको आशंका
सहयात्रा टिभी
काठमाडौँ । साउन ३२, एजेन्सी – आप्रवासी चढेको डुंगा आन्ध्र महासागरको मध्यभागमा पल्टिंदा ६० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ।
बीबीसका अनुसार आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा भएको दुर्घटनामा केही बालबालिकासहित ३८ जनाको उद्धार गरिएको छ।
गत महिना सेनेगलबाट आप्रवासी बोकेर युरोपका निम्ति हिंडेको डुङ्गा केप भर्डेको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।