गुल्मीको मुसिकोट नगरमा शोक बिदा

सहयात्रा टिभी

गुल्मी । भदाै ३, मुसिकोट नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरपालिकाले वडानम्बर १ का वडाअध्यक्ष मोहन घिमिरेको निधनमा आज आइतबार एक दिन शोक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले निर्णय अनुसार आज एक दिन वडाअध्यक्ष घिमिरेको निधनमा पालिकाभित्र शोक बिदा दिइने प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए ।

शनिबार बिहान करिब ५ बजे फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे केही घण्टापछि रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका सभापतिसमेत थिए ।

प्रकाशित : 20 August, 2023

प्रतिक्रिया दिनुहोस्