बोतल र जारको पानीमा झाडापखालाको जिवाणु भेटियो २१ उद्योग कारबाहीमा 

सहयात्रा टिभी

काठमाडौँ । भदौ ४, आर्थिक वर्ष २०७७/०७८ को कात्तिकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले टोखाको एक पानी उद्योगको अनुगमन गर्‍यो ।

फोहोर र अव्यवस्थित उद्योगमा जमिनमुनिबाट तानेको पानी जारमा जस्ताको त्यस्तै भरेर बजार पठाउने गरेको प्रयोगशाला परीक्षणमा देखियो ।

मानव स्वास्थ्यमा गम्भीर खेलबाड गरेको भन्दै विभागले उक्त पानी फ्याक्ट्रीलाई सिल गर्‍यो । करिब ४० लाख रुपैयाँ लगानी गरिएको फ्याक्ट्री हेलचेक्रयाइँ र बदमासीका कारण झण्डै तीन महिनाभन्दा बढी बन्द भयो ।

विदेशबाट फर्केर आएका युवाले सानो लगानीमा सुरु गरेको यो उद्योगले असावधानीका कारण गल्ती गरेको र अब सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि विभागले उक्त उद्योगको विवरण पनि सार्वजनिक नगरी जरिवाना तिरायो । र, पुनः गुणस्तरीय काम गर्न भन्दै सञ्चालन अनुमति दियो । तर, गत वर्ष सोही उद्योगको पानी गुणस्तरहीन भएको भन्दै विभागमा उजुरी पर्‍यो र पुनः गुणस्तर परीक्षण गर्दा सो कुरा पुष्टि भयो ।

विभागको अनुगमन टोलीले सो उद्योगलाई दूषित पानी बजारमा बिक्री गरेको कसुरमा गत वर्ष भने मुद्दा नै दायर गर्‍यो । बजार अनुगमन गर्ने अर्को सरकारी निकाय वाणिज्य विभागले विभिन्न समयमा खानेपानीको बजार अनुगमन गर्छ ।

वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको विभिन्न अनुगमनमा पानी उद्योगले उत्पादन, वस्तुको गुणस्तर, वितरण र मूल्यमा धेरै बदमासी गर्ने गरेको पाइएको छ । खानेपानीमा ढल वा जनावरको फोहोर मिसियो भने इ(कोलाइ जीवाणु फेला पर्छ । यसले मानव स्वास्थ्यमा गम्भीर समस्या सृजना गर्छ । कोलिर्फमले झाडा पखलालगायत रोग लाग्ने गर्छ ।

आर्थिक वर्ष २०७७र७८ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १६५ वटा खानेपानी उद्योगमा अनुगमन गरेको थियो, जसमध्ये जटिल प्रकृतिको दूषित पानी उत्पादन गरेको भेटिएपछि १६ वटा उद्योगलाई विभागले मुद्दा दर्ता गरेको थियो ।आर्थिक वर्ष २०७८र७९ मा १२९ पानी उद्योगको नमूना संकलन गरेर अध्ययन गर्दा विभागले १७ वटा नमूनामा कैफियत पाएको थियो ।

त्यसमध्ये ९ वटालाई विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा दूषित पानी उत्पादन र बिक्री वितरणको मुद्दा दायर गरिएको थियो । गत आर्थिक वर्ष २०७९/८० मा पनि १५५ वटा पानी उद्योगको नमूना जाँच गर्दा पानीका ५५ वटा नमुनामा कैफियत पाएको थियो । त्यसमध्ये २१ वटा उद्योगविरुद्ध विभागले मुद्दा दायर गरेको थियो ।

सरकारी तथ्याङ्कअनुसार नेपालभर अहिले बोतल र जारको पानी बिक्री गर्न भन्दै ६ सय उद्योग सञ्चालनमा छन् । जसमध्ये काठमाडौं उपत्याकामा मात्रै पानी उद्योगको संख्या २ सय छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खानेपानी गुणस्तर मापदण्ड २०७९ थप परिस्कृत गरेर सार्वजनिक गरेको छ । जोखिम तथा सान्दर्भिकताका आधारमा थप परीक्षण गर्नुपर्ने पारामिटर विभागले तय गरेको छ । त्यसअन्र्तगत पिउने पानीमा २८ वटा रासायनिक पारामिटरहरु उद्योगले पूरा गर्न पर्छ । ती मापदण्डमा भौतिक, रासायनिक र सूक्ष्म जैविक समूहमा छन् ।

मापदण्डअनुसार १९ वटा पारामिटर अनिवार्य परीक्षण गर्नुपर्नेछ भने ९ वटा आवश्यक र जोखिमको आधारमा गर्न सकिने उल्लेख छ । यस्ता पानीको स्रोत, अनिवार्य लेबल जस्ता प्रावधान पनि मापदण्डमा पर्दछन् । सफा बोटल र जारमा पानीको प्याकेजिङ, उत्पादन र उपभोग्य मिति अनिवार्य, पानीमा रहेको तत्वहरुको ब्याख्या र उक्त पानीको गुणस्तरयोग्य रहेको प्रमाण उत्पादकले उपभोगकर्तालाई निश्चित गर्नुपर्ने हुन्छ ।

दूषित पानी उत्पादन र बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ०७९/८० मा मुद्दा दायर गरेका कम्पनीहरु

१। मदरल्याण्ड एग्रीकल्चरल इन्डष्ट्रिज प्रा।लि।, हेटौंड- ८, मकवानपुर
२। संगम वाटर इन्डष्ट्रिज, गोदावरी-२, कैलाली
३। रुपसान प्रशोधित खानेपानी उद्योग, विराटनगर- १३
४। प्राची स्प्रिङ वाटर सोलुसन प्रालि, बुढानीलकण्ठ, काठमाडौं
५। गुडलक बेभरेज, बुढीगंगा, मोरङ
६। ग्रीन डेली मिनरल वाटर इन्डिष्ट्रिज काठमाडौं
७। एभरेष्ट बेभरेज प्रालि, जोरपाटी, काठमाडौं
८। एनएस ग्रूप अफ इन्डष्ट्रिज, टोखा, काठमाडौं ।
९। हिमाल मिनरल वाटर प्रालि मातातीर्थ, काठमाडौं ।
१०। भगवती बेभरेज इन्डष्ट्रिज, बुद्धशान्ति-३, झापा
११। अक्वा विनायक, भक्तपुर
१२। हेरिटेज बेभरेज प्रा. लि. भक्तपुर
१३। सैलुङ स्प्रिङ वाटर उद्योग, मन्थली(१, रामेछाप
१४। सुनमाई वाटर प्रालि, शुद्धशान्ति- ७, झापा
१५। जम्बूलिंक ग्रुप इन्डिष्ट्रिज प्रालि, काठमाडौं (ऐनविपरीत काम गरेको)
१६। गोरखा स्वीट वाटर प्रालि, काठमाडौं (ऐनविपरीत काम गरेको)
१७। आक्वा टप मकालु मिनरल वाटर प्रालि, झापा
१८। स्वस्तिक प्राशोधित पानी उद्योग, सुनवल, नवलपरासी
१९। बालाजी बेभरेज काठमाडौं
२०। न्यू लहर ड्रिकिङ वाटर इन्डष्ट्रिज (ऐनविपरीत काम गरेको)
२१। शिवगंगा वाटर इन्डष्ट्रिज, सरावल, नवलपरासी

 

प्रकाशित : 21 August, 2023

प्रतिक्रिया दिनुहोस्