सेयर बजारमा दोहोरो अंकको वृद्धि
सहयात्रा टिभी
काठमाडौँ । भदौ ५ लगातार दुई दिनसम्म राताम्मे भएको शेयर बजार आज मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ६९ अङ्कले बढेर दुई हजार १५ दशमलव ९८ विन्दुमा पुगेको छ ।
आज सबै उपसूचक हरियो भएका दिन सबै समूहको शेयर बीमा, जलविद्युत्, होटल तथा पर्यटन र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको शेयर झन्डै साढे चार प्रतिशतले घटेको छ ।