फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डनको टिजर सार्वजनिक

सहयात्रा टिभी

काठमाडौँ । भदौ ५ प्रतीक्षित फिल्म ‘पशुपतिप्रसाद २ – भष्मे डन’को टिजर सार्वजनिक भएको छ । अभिनेता विपिन कार्कीको जन्मदिनको अवसरमा मंगलबार सार्वजनिक टिजर सशक्त देखिन्छ ।

‘भष्मे डनको पुनरागमन’ उल्लेख गरिएको टिजरमा पशुपतिनाथ मन्दिर, बागमती नदी, आर्यघाट र त्यहाँ फ्याँकिएका सिक्का तथा सुनको औंठीलाई भीएफएक्समार्फत प्रस्तुत गरिएको छ । सुनको दाँत लगाएको हुलियामा भष्मे डन उर्फ विपिनलाई देख्न सकिन्छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा नीरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालको संगीत छ । आगामी बडादशैंको फूलपातीबाट सिनेमा प्रदर्शनमा आउने जनाइएको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित रहेर फिल्म निर्माण गरिएको हो । पटकथाकार तथा निर्माता लामिछानेले नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण बनेको दाबी गरे ।

 

 

प्रकाशित : 22 August, 2023

प्रतिक्रिया दिनुहोस्