कमलामाईको अवतारमा विपिन कार्की

सहयात्रा टिभी

काठमाडौँ । भदौ ६, भदौ १ गते भिन्न दुई फिल्मका पोस्टर रिलिज भए । चित्रण गरिएका कलाकार चाहिं एउटै।

‘एक भगवत् गीता’को पोस्टरमा विपिन कार्की पारालैंगिक चरित्र कमलामाईको अवतारमा थिए । ‘पशुपतिप्रसाद २’को पोस्टरमा चाहिं भष्मे डनको चरित्रमा ।

प्रायः फिल्मको पोस्टर आउने बेला हल्ला कमै हुने गर्छ तर, यी दुई फिल्मका पोस्टरले राम्रै चर्चा बटुले । विपिन कार्कीको एउटै पोस्टरले अन्य फिल्म र कलाकारलाई छायामा पारेको चर्चा पनि चल्यो ।

भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको ‘एक भगवत् गीता’ र दशैंमा रिलिज तयारीमा रहेको ‘भष्मे डन’ विपिनको लाइनअपका दुई प्रतीक्षित प्रोजेक्ट हुन् ।
कामको कुरा गर्दा विपिनले हालै फिल्म ‘काजी’ साइन गरेका छन् भने अर्को एक प्रोजेक्टमा काम गर्नको लागि उनी चाँडै सिक्किममा जाने तयारीमा छन् ।

प्रकाशित : 23 August, 2023

प्रतिक्रिया दिनुहोस्