प्रतिनिधिसभा बैठक बस्दै, एक मात्रै कार्यसूची

सहयात्रा टिभी

काठमाडौं । भदाै ७, प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७- ७८ तथा सोह्रौँ प्रतिवेदन २०७८-७९ पेस गर्नेछन् ।

प्रकाशित : 24 August, 2023

प्रतिक्रिया दिनुहोस्