कर्णालीमा हवाई सेवा प्रभावित

सहयात्रा टिभी

काठमाडौँ । भदाै ७, मौसममा खराबीका कारण कर्णालीमा दुई दिनदेखि हवाई सेवा प्रभावित भएको छ। लगातार वर्षा जारी रहेकाले हवाई सेवा प्रभावित भएको हो । डोल्पाको जुफाल विमानस्थल , हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन।

हवाई उडान प्रभावित भएपछि यात्रु समस्यामा परेका छन् । सडक यातायात भरपर्दो नहुँदा हवाई सेवा लिनुपर्ने, त्यसमा पनि मौसमले समस्या भएर आउँदा हिमाली जिल्लाका सर्वसाधारणलाई यात्रा गर्न समस्या हुँदै आएको छ।

प्रकाशित : 24 August, 2023

प्रतिक्रिया दिनुहोस्