अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालयमा

सहयात्रा टिभी

काठमाडौं । भदौ ७, गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालयमा तानेको छ ।

सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि अधिकारीलाई मन्त्रालयमा तानिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।

अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । दावा भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को हिरासतमा छन् ।

 

 

प्रकाशित : 24 August, 2023

प्रतिक्रिया दिनुहोस्