पाकिस्तानमा भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु

सहयात्रा टिभी

कराँची । भदाै १०, पाकिस्तानमा यात्रुबाहक भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको मनसेरामा भ्यान अनियन्त्रित भई खाडलमा खस्दा दुई महिलासहित ६ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

सञ्चारमाध्यमका अनुसार मानसेराका जिल्ला आपतकालीन अधिकारीले भ्यान बट्टग्रामबाट मानसेरातर्फ गइरहेको अवस्थामा दुर्घटना भएको बताए । सो क्रममा चालकले गाडीको नियन्त्रण गुमाए पछि भ्यान खाडलमा खसेको थियो ।

सो भ्यानमा १३ जना सवार रहेको बताइएको छ । दुर्घटना लगत्तै उद्धार टोलीले घटनास्थलमा पुगेर शव र घाइतेलाई खाल्डोबाट बाहिर निकालेको थियो ।

प्रकाशित : 27 August, 2023

प्रतिक्रिया दिनुहोस्