‘गदर २’ सुपरहिट भएपछि सनी देवलले बढाए पारिश्रमिक
एजेन्सि । भदाै ११, बलिउड अभिनेता सनी देवलको फिल्म ‘गदर २’ सुपरहिट भएपछि उनले आफ्नो पारिश्रमिक बढाएको दाबी गरिएको छ । फिल्म समालोचक केआरकेले सनी देवलको बारेमा ट्वीट गर्दै पारिश्रमिकको बारेमा खुलाएका हुन् ।
केआरकेका अनुसार एक निर्माताले सनी देवललाई भेटे र फिल्म साइन गर्न भने,सनी देवलले उनीसँग ५० करोड पारिश्रमिक मागेका छन् ।
तर, सनी देवलको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । त्यसो त केआरकेले प्रायः फिल्म स्टार र उनीहरूको फिल्मको बारेमा आफ्नो विचार व्यक्त गर्छन्।
तर उनको विचारका लागि मानिसहरूले निकै ट्रोल गरेका छन् । हालसम्म फिल्म ‘गदर २’ ले करिब ४५० करोड कमाइसकेको छ । भने फिल्मले हलमा भने राम्रो प्रतिक्रिया पाइरहेको छ ।
फिल्म ‘गदर २’ ले बक्स अफिसमा धेरै रेकर्ड तोडेको छ । शनिबारसम्मा सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ ।
सन् २००१ मा रिलिज भएको चलचित्र ‘गदर’ लाई जसरी दर्शकले मन पराएका थिए । त्यसैगरी चलचित्र ‘गदर २’ लाई पनि दर्शकले माया दिएका छन् ।