नाइल बाँध विवादमा इजिप्ट, इथियोपिया सुडानबीच छलफल शुरु

सहयात्रा टिभी

काठमाडौँ । भदौ ११, इजिप्टको जल तथा सिँचाइ मन्त्रालयले ग्राण्ड इथियोपिया पुनःजागरण बाँध (जिईआरडी) को सम्बन्धमा लामो समयदेखि भइरहेको विवाद समाधानका लागि संवाद शुरु गरेको छ।

आइतवार इजिप्ट, इथियोपिया सुडानबीच समस्या समाधानका लागि छलफल शुरु भएको हो ।

इजिप्टका जलश्रोत तथा सिँचाइमन्त्री हानी सेविलमले इथियोपियाको नाइल नदीको खण्डमा बनेको बाँध सञ्चालन गर्न सहमति हुनुपर्ने जोड दिँदै सम्झौताले तीन वटै देशको हीत र चासोलाई ध्यानमा राख्नुपर्ने बताउनु भयो ।

तीन देशको सहमतिविना बाँध सञ्चालन गर्नु तीन देशले सन् २०१५ मा हस्ताक्षरको उल्लंघन हुने उहाँले बताउनु भयो ।

इथियोपियाले इजिप्ट र सुडानको बिरोधका बाबजुद सन् २०२० मा बाँध सञ्चालन गरेको थियो । जसले अन्ततः २०२१ बाट त्रिपक्षीय वार्ता हुन सकेको थिएन ।

इथियोपियाले सन् २०११ मा यो बाँध परियोजना शुरु गरेको थियो । यसबाट ६ हजार मेगावाट भन्दा बढी बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको थियो ।

 

प्रकाशित : 28 August, 2023

प्रतिक्रिया दिनुहोस्