अब चीन जाने पर्यटकहरुलाई कोरोना परीक्षण अनिवार्य नपर्ने

सहयात्रा टिभी

काठमाडौँ । भदौ १२, अबदेखि चीन भ्रमणमा जाने पर्यटकहरुलाई कोरोना परीक्षण अनिवार्य गर्नु नपर्ने भएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अगस्ट ३०देखि चीन भ्रमण गर्ने कोही पनि व्यक्तिले एन्टिजेन परीक्षण गर्नैपर्ने बाध्यता हटाएको जानकारी दिए ।

सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरस ९कोभिड १९० संक्रमण देखा परेको थियो । चीनपछि बिस्तारै विश्वभर नै कोरोना भाइरसको संक्रमण फैलिँदा लाखौँ मानिसहरुको निधन भएको थियो भने अर्बौं मानिसहरु संक्रमित भएका थिए ।

२०१९ देखि हालसम्म पनि कोरोना भाइरस अधिकांश मुलुकहरुमा देखा पर्दै आइरहेको छ ।

पत्रकार सम्मेलनमा वाङ यीले अगस्ट ३०, २०२३ बाट भने चीन भित्रिने पर्यटकका लागि कोभिड १९ को परीक्षण अनिवार्य नरहेको बताए ।

 

प्रकाशित : 29 August, 2023

प्रतिक्रिया दिनुहोस्