प्रधानमन्त्री प्रचण्डद्धारा सरकार सफल हुने दाबी

सहयात्रा टिभी

काठमाडौँ । भदौ १२, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति बनाउँदा बनेको सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताउनुभएको छ ।

आज मङ्गलवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले संसदीय समिति बनाउँदा बनेको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताउनुभएको हो ।

उहाँले सरकार सफल हुने पनि दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मलाई लाग्छ सरकार फेल खाएको छैन र फेल खाँदैन ।

सरकार सफल हुन्छ । छलफल सकारात्मक ढङ्गले नै अगाडि बढ्छ भन्ने मेरो विश्वास छ ।

हिजो सदनमा समिति बनाउँदा जुन सहमतिको वातावरण बनेको छ, त्यसले सरकार गठन र पूर्णता दिने कुरामा पनि सहजता ल्याउँछ भन्ने मेरो विश्वास छ ।’

प्रकाशित : 29 August, 2023

प्रतिक्रिया दिनुहोस्