नेप्से आज पाँच अङ्कले घट्यो
सहयात्रा टिभी
काठमाडौँ । भदौ १२, हिजो पाँच अङ्कले बढेको शेयर बजार आज पाँच अङ्ले घटेको छ ।
बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य पाँच अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ विन्दुमा झरेको छ ।
आज व्यापार, निर्जीवन बीमा, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ ।
आज ४० लाख छ हजार कित्ता शेयर ८६ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको तीन करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।