एमाले सचिवालय बैठक आजदेखि सिरहामा बस्दै

सहयात्रा टिभी

काठमाडौँ । भदाै १३, नेकपा एमालेको सचिवालय बैठक आज सुरु हुँदैछ । बैठक चौथो महाधिवेशनस्थल सिरहाको धनगढी नगरपालिका–१४ सर्रे अम्बासमा बस्न लागेको हो ।

भदौ ९ गतेबाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आज सुरु हुन लागेको हो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरुलगायत पदाधिकारी, लेखा र अनुशाषन विभागका प्रमुखहरु बैठकमा सहभागी हुने छन् ।

एमालेले सो स्थानलाई ‘कम्युनिष्ट आन्दोलनको ऐतिहासिक स्थल मानेकाले सिरहालाई बैठकस्थल चयन गरेको जनाएको छ । सोही ठाउँमा २०४६ सालमा तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन भएकाे थियाे । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।

प्रकाशित : 30 August, 2023

प्रतिक्रिया दिनुहोस्