अरिङ्गालले चिलेर स्याङ्जामा एक जना युवकको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । भदौ १३, स्याङ्जामा अरिङ्गालले चिलेर एक जना युवकको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

बिरूवा गाउँपालिका–१ किचनासका २८ वर्षीय चेलिस श्रेष्ठको अरिङ्गालले चिलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

मङ्गलवार साँझ घर नजिकै जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा घाइते भएका श्रेष्ठलाई गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा राति नै ज्यान गएको प्रहरीले जनाएको छ ।

अरिङ्गाल पोल्नको लागि श्रेष्ठसँगै ६ जना गएकोमा अन्य ५ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई अन्दाजी ६०र७० वटा अरिङ्गालले चिलेको बताइएको छ ।

 

प्रकाशित : 30 August, 2023

प्रतिक्रिया दिनुहोस्