चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष लागि ९ जनाको आवेदन

काठमाडौँ । भदौ १४, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष लागि ९ जनाको आवेदन परेको छ ।
उपाध्यक्षका लागि आवेदन दिएका ९ जना उम्मेदवारहरुको प्रस्तुतिकरण र अन्तर्वार्ता भदौ १७ र १८ गते हुने भएको छ ।
उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले प्रस्तुतिकरण एवं अन्तर्वार्ताका लागि सूचना प्रकाशित गरेको हो ।
आयोगका वर्तमान उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले कार्यकाल दोहो¥याउन चाहेका छन् । त्यस्तै प्रा.डा. संगीता सिंह भण्डारी, प्रा. डा. सुमनकुमार श्रेष्ठ, डा. प्रविण मिश्र, प्रा.ड. पियुस दाहाल र प्रा.डा विधाननिधि पौडेलले पनि उपाध्यक्षका लागि निवेदन दिएका छन् ।
आयोगको उपाध्यक्ष लागि डा. प्रमोदकुमार यादव, डा.अञ्जनीकुमार झा र प्रा.डा.मनेनप्रसाद गोर्खालीले पनि आवेदन दिएका छन् ।