माओवादीकेन्द्रको तीन महिने अभियान भोलिदेखी सुरु गर्ने

सहयात्रा टिभी

काठमाडौँ । भदौ १५, सत्तारुढ माओवादी केन्द्रको तीन महिने अभियान भोलिदेखी सुरु गर्ने भएको छ ।

 

देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरु पनि वडामा जाने छन् ।

प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाका अनुसार अभियानको भोलि बिहान ९ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।

औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुनेछ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड चन्द्रागिरी नगरपालिका वडा नम्बर २ घट्टेडाँडाको कार्यक्रममा जाने छन् ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धीकोे कार्यक्रममा जाने छन् । सबै पदाधिकारी जाने वडाहरु तोकिएको छ ।

अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने उपाध्यक्ष सापकोटाले बताए ।

प्रकाशित : 1 September, 2023

प्रतिक्रिया दिनुहोस्