‘स्कारपियो’ दुर्घटनामा दुईजनाको मृत्यु

सहयात्रा टिभी

सिन्धुपाल्चोक । भदाै १७, दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको ‘स्कारपियो’ लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ ।

प्रकाशित : 3 September, 2023

प्रतिक्रिया दिनुहोस्