कोशी प्रदेश नाम खारेजीको माग गर्दै ललितपुरमा प्रदर्शन
सहयात्रा टिभी
काठमाडौं । भदौ १७, कोशी प्रदेश नाम खारेजीको माग गर्दै ललितपुरमा प्रदर्शन गरिएको छ ।
आइतबार किरात याक्थुङ चुम्लुङको ३५औं स्थापना दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमितिले कोशी प्रदेशको नाम खारेजीको मागसहित जावलाखेलमा प्रदर्शन गरेको हो ।
उनीहरू प्रदेशको नाम ‘कोशी’ खारेज गर, ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान, किरात’ कायम गर, नो कोशी, प्रदेशको नाम कोशी मान्दैनौ, प्रदेश १ लाई ऐतिहासिक पृष्ठभूमिको आधारमा पुनस् नामकरण गर लगायतका नारा ब्यानरमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।
प्रदेश सभाले फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो। नेकपा ९एमाले०‚ नेपाली कांग्रेस‚ राप्रपाले कोशी नाममा मतदान गरेको थियो। नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले भने किरात(लिम्बुवान(सगरमाथा नाम प्रस्ताव गरेको थियो।