फिल्म ‘डिग्री माइला’मा दयाहाङको जोडी बन्दै आँचल शर्मा
सहयात्रा टिभी
काठमाडौं । भदौ १७, रामबाबु गुरुङले निर्देशन गर्न लागेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को शीर्ष भूमिकामा अभिनेत्री आँचल शर्मा पक्का भएकी छन् ।
यो फिल्ममा आँचललाई दयाहाङ राईको अपोजिटमा कास्ट गर्न लागिएको निर्देशक गुरुङले जानकारी दिए ।
आँचल अनुबन्धित भएसँगै अब यो फिल्ममा कलाकारको लाइनअप पूरा भएको छ । निर्देशक तथा निर्माता गुरुङले आँचलसँग फिल्मलाई लिएर सहमति भएको बताए ।
यसअघि माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे पनि फिल्ममा जोडिइसकेका छन् ।