भारतविरुद्ध नेपालका ओपनर शेखले बनाए अर्धशतक

सहयात्रा टिभी

काठमाडौं । भदौ १८, नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ । पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफ शेखलाई गुमाएको छ । उनले ९७ बल खेल्दै ८ चौकासहित ५८ रन बनाएका थिए ।

आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो ।

एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् । उनी पछि कप्तान रोहितकुमार पौडेलले धेरै अर्धशतक गरेका छन् । रोहितले एकदिवसीयमा एक शतक र आठ अर्ध शतक बनाएका छन् ।

 

 

 

प्रकाशित : 4 September, 2023

प्रतिक्रिया दिनुहोस्