अनौठो प्रतियोगिता बडीमा पेन्टिङ गर्ने प्रतिस्पर्धामा
काठमाडौं । भदौ १८, एजेन्सी- संसारमा अनेक खालका प्रतियोगिताहरु हुन्छन् । जसमध्ये युरोपेली मुलुक अष्ट्रियामा हुने विश्व बडी पेन्टिंग फेस्टिभल पनि एक हो ।
यो फेस्टिभलका क्रममा ४० भन्दा धेरै देशबाट आएका सहभागीहरुले जीउ तथा अनुहारमा पेन्टिङ गर्ने प्रतिस्पर्धामा भाग लिन्छन् र विजेताले अवार्ड प्राप्त गर्दछन् ।
प्रतियोगीहरुले मेकअप, परावैजनी इफेक्ट्स तथा स्पेसल इफेक्ट्सको साथ आफ्ना उत्कृष्ट कला तयार गर्नका लागि अनुहार तथा शरीरका बाँकी हिस्सालाई क्यानभासको रुपमा रंगाउँछन् ।
यो मेलाले कैयन् कलाप्रेमीहरुलाई विभिन्न प्रदर्शनी, कार्यशाला तथा डेमोमा भाग लिन वा बडी सर्कसमा भाग लिनका लागि समेत मञ्च प्रदान गर्दछ ।
यो एउटा यस्तो कार्यक्रम हो जहाँ पाहुनाहरुलाई समेत सरीर पेन्ट, मास्क तथा मेकअप लुक्सवाला सबैखाले अनौठा पहिरन लगाउने मौका प्राप्त हुन्छ ।
सन् १९९० को दशकको अन्त्यमा अष्ट्रियाली एलेक्स बेरेन्ड्रेटको नजर सन् १९७० को दशककी जर्मन मोडेल भेरुस्काको फेसन तस्वीरमाथि पर्यो, जसमा सिरदेखि पाउसम्म रङले पोतिएको थियो ।
उनी उत्सुक थिए, तथापि उनको कलाको रुपलाई मानिसहरु सामु ल्याउनमा असफल रहे । त्यसैले सन् १९९८ मा उनले यसलाई युरोपमै पहिलो शरीर पेन्टिङ फेस्टिवलको रुपमा ल्याउने निधो गरे ।