ह्याम्सको आईभीएफ सेवाबाट अब निःसन्तान दम्पत्तीलाई सन्तान लाभ

काठमाडौं । भदौ १८, ह्याम्स अस्पतालको आईभीएफ (टेस्ट ट्युव बेबी) सेवाबाट अब निःसन्तान दम्पत्तीलाई सन्तान लाभ हुने भएको छ ।
सन्तान सुख प्राप्त गर्नका लागि अस्पतालमा दैनिक रुपमा सेवा लिन आउने निःसन्तान दम्पत्ती मध्ये करीब ८५ प्रतिशत दम्पत्तीहरु विभिन्न विशिष्टकृत सेवाद्वारा गर्भ धारण गरेर सन्तान प्राप्ति गरिरहेको अस्पतालले बताएको छ।
एक वर्ष अघी आईभीएफ सेवा शुरु गरेको अस्पताममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ एवं आभीएफ विज्ञ डा.भोला रिजालको नेतृत्वमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.पदमराज पन्त सहितका विज्ञ चिकित्सकहरु यस विभागमा कार्यरत छन्।
अस्पतालको आईभीएफ (टेस्ट ट्युव बेबी) सेवाबाट दुई जोडी दम्पतीले सन्तान लाभ गरेका छन्।
यसै सेबाबाट आमाबुबा भएका अमेरिका निवासी दम्पत्तीलाई अमेरिकामा नै जुम्ल्याहा पुत्र लाभ भएको छ। वर्षौको प्रयास पछि पनि सन्तान सुखबाट विमुख दम्पत्तीले नेपालमा आएर विज्ञ चिकित्सकहरु माथि भरोसा तथा विश्वास राखेर उक्त प्रतिफल प्राप्त गरेका हुन्।
अमेरिका जस्तो विकसित देशमा निकै महंगो मानिएको यो सेवा नेपालमा भने सोही गुणस्तरमा सेवा सस्तो र भरपर्दो देखिएको भन्दै उनीहरुले प्रशंसा गरेका छन्।
यस्तै विदेश जानुपूर्व सन्तान प्राप्तिको ईच्छा राखेर अर्को दम्पत्तीले पनि उक्त सेवा लिएका थिए। यसरी सस्तो र सरल तरिकाबाट निःसन्तान हुनुको पिडालाई अब ह्याम्स अस्पतालले दुर गरेको छ ।