नयाँ उत्तराधिकारी घोषणा गरे पनि अध्यक्ष र प्रबन्ध निर्देशक अम्बानी आफैं

सहयात्रा टिभी

काठमाडौं । भदौ १९, एजेन्सी । नयाँ उत्तराधिकारी घोषणा गरे पनि आगामी पाँच वर्षसम्म रिलायन्सको अध्यक्ष र प्रबन्ध निर्देशक आफैं रहने घोषणा मुकेश अम्बानीले गरेका छन् ।

महिनौंदेखि कर्पोरेट उच्च घरानाको जीवनमा आधारित एम्मी विजेता सिरिज सक्केसनले संसारलाई मोहित पारेको छ ।

यता भारतमा अर्बौं डलरको भविष्य फैसला गर्ने कर्पोरेट उच्च घरानाको वास्तविक उत्तराधिकारी योजनाको समाचारमा छाइरहेको छ ।

रिलान्यस ग्रुपका मुकेश अम्बानीका तीन सन्तानले अब २२० अर्ब डलर बराबरको कम्पनी सम्हाल्ने भएका हुन् । जुम्ल्याहा ईशा र आकाश तथा अर्का छोरा अनन्तले ग्रुप सम्हाल्ने मुकेश अम्बानीले बताएका छन् ।

व्यापार हस्तान्तरणबारे अम्बानीले भनेका छन्, ‘अनुभवी नेतृत्व र नयाँ पुस्ताको जोशको संयोजनले रिलायन्सको उपलब्धिको पुस्तिकामा नयाँ अध्याय थप हुनेछ ।’

नयाँ उत्तराधिकारी घोषणा गरे पनि आगामी पाँच वर्षसम्म रिलायन्सको अध्यक्ष र प्रबन्ध निर्देशक आफैं रहने घोषणा मुकेश अम्बानीले गरेका छन् ।

रिलायन्स ग्रुपको व्यापार धिरूभाइ अम्बानीको तेस्रो पुस्तामा हस्तान्तरण भएको हो । भारतीय कर्पोरेट जगतमा यो निर्णय सबैभन्दा बढी प्रत्यासित थियो ।

रिलायन्स ग्रुप भारतमा विशाल व्यापार साम्राज्य फैलाएको व्यापारिक घराना हो । तेल, दुरसञ्चार, रसायन, प्रविधि, फेशनदेखि खाद्यान्नसम्म रिलायन्सको लगानी छ । यस व्यापारिक घरानाको भारतमा हजारौं पेट्रोल पम्पहरु छन् ।

रिलायन्स ग्रुपले हात हाल्ने हरेक क्षेत्र भारतमा आकर्षणको केन्द्र बनेको छ । त्यस समूहको नेतृत्वका लागि तयार भएर मुकेश अम्बानीका सन्तानले आफ्नो एक जिम्मेवारी पूरा गरेको चर्चा भइरहेको छ ।

रिलायन्सको साम्राज्यमा गौतम अडानीको चुनौती थपिएको समयमा रिलान्यसमा नयाँ नेतृत्व ल्याइएको छ । नवीकरणीय ऊर्जाको क्षेत्रमा अडानी र अम्बानीको व्यवसायिक टक्कर छ ।

उत्तराधिकारी घोषणा गरेका मुकेशले आगामी पाँच वर्षसम्म रिलायन्सको अध्यक्ष र प्रबन्ध निर्देशक आफैं रहने घोषणा गर्नुको पछाडि एउटा कारण छ । त्यो केहो भने, उनी आफ्ना सन्तानले सामूहिक निर्णयबाट कम्पनीको छवीलाई अझै वृहत बनाउन चाहन्छन् ।

अम्बानीसँगै असाध्यै राम्रा र अनुभवी कर्मचारी छन् । ती कर्मचारीले भविष्यमा आउने संकट र सम्भावना दुबैबारे मुकेशका सन्ततीलाई जानकारी दिँदै योजना बनाउन सहयोग समेत गर्नेछन् ।

तर तत्कालका लागि आफूले दिएको जिम्मेवारी तीन सन्तानले कसरी सम्हाल्छन् भन्ने कुरा नै अम्बानीका लागि चासो र चिन्ताको विषय छ ।

प्रकाशित : 5 September, 2023

प्रतिक्रिया दिनुहोस्