नेपाल–भारतमा सुन ओसारपसारमा संलग्न सुमन खरेल पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । भदौ १९, ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका टोखाका सुमन खरेल नेपाल–भारतमा सुन ओसारपसारमा संलग्न व्यक्ति भएको खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खरेल सुन ओसारपसारमा संलग्न रहेको आधार फेला पारेपछि भारतबाट पक्राउ गरेर ल्याएको हो ।

चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचिङसँग उनको सम्बन्ध देखिएको प्रहरी स्रोतले बताएको छ ।

पुचिङ हङकङबाट नेपालमा आउने सुनको व्यवस्थापनमा सक्रिय थिए । राजधानीको विभिन्न ठाउँमा खोलिएको सुन गाल्ने गोदाममा तयार गरिएको ढिक्का खरेलले बोकेर भारत लैजाने गरेको देखिएको छ ।

 

 

प्रकाशित : 5 September, 2023

प्रतिक्रिया दिनुहोस्