इन्टरनेट दुनियाको बादशाह गुगलले रजत महोत्सव मनायो

सहयात्रा टिभी

काठमाडौं । भदौ २०, इन्टरनेट दुनियाको बादशाह गुगल अहिले आम मानिसका लागि अभिन्न अंगजस्तै बनेको छ ।

जो कोही इन्टरनेट प्रयोगकर्ताले कुनैपनि चिजको जानकारीका लागि गुगलको प्रयोग गर्दछन् ।

सर्च इन्जिन, इमेल, अपरेटिङ सिस्टम, क्लाउड स्टोरेज देखि स्मार्टफोन र जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स सम्मका हरेक क्षेत्रमा गुगलले आफ्नो जबरजस्त प्रभुत्व कायम गरिरहेको छ ।

सन् १९९८ को सेप्टेम्बर ४ मा अमेरिकी कम्प्युटर वैज्ञानिकहरु ल्यारी पेज र सर्गेई ब्रिनले स्थापना गरेको सर्च इन्जिन गुगलले सोमबार आफ्नो २५ औँ जन्मोत्सव मनायो ।

प्रविधिको दुनियामा रजत महोत्सव मनाउन सफल गुगल पछिल्लो २५ वर्षको यात्रामा स्वयंममा पनि धेरै परिवर्तन हुँदै आएको छ।

केही वर्षपछि पेज र ब्रिनले कम्पनीको नाम परिवर्तन गरी गुगल राखे । त्यसपछि उनीहरुले १ लाख डलर लगानी जुटाउन सफल भए र सुसन वोज्स्कीको ग्यारेजबाट बाहिर निस्किएर अफिस स्थापना गरे । सन् २००३ मा गुगल बाहिर निस्कियो र आफ्ना १ हजार जना कर्मचारीको साथमा माउन्टेन भ्यू, क्यालिफोर्नियामा सिलिकन ग्राफिक्सको स्वामित्वमा रहेको एम्पिथिएटर टेक्नोलोजी सेन्टरमा स्थानान्तरण भयो । त्यसपछि सो स्थानलाई गुगलप्लेक्स भन्न थालियो । त्यो ठाउँ गुगलको सबैभन्दा ठूलो कार्यक्षेत्र अर्थात् अफिस हो ।

त्यस्तै सन् २००४ को अप्रिल १ मा गुगलले आफ्नो इमेल सर्भिसको रुपमा जिमेल सुरुवात गर्यो । यसको स्टोरेज सुरुमा १ जिबी थियो ।

सन् २००७ मा स्मार्टफोन अपरेटिंग सिस्टमको रुपमा एन्ड्रोइड सार्वजनिक गरेको गुगलले सन् २००८ मा विश्वकै पहिलो एन्ड्रोइड फोनको रुपमा एचटीसी ड्रिम बजारमा ल्याएको थियो

त्यस्तै गुगलले विभिन्न नयाँ नयाँ परियोजनामा समेत काम गर्ने क्रममा सन् २०१४ मा आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी डीप माइन्ड एआईलाई खरीद गरेको थियो ।

यो अमेरिकाको बिग फाइभ प्रविधि कम्पनीमा पर्दछ, जसमा अमेजन, एप्पल, मेटा, माइक्रोसफ्ट र गुगल पर्दछन् । अल्फाबेट अन्तरगत गुगल सँगै एक्स डेभलपमेन्ट, क्यालिको, नेस्ट, भेरिली, फाइबर, मकानी, क्यापिटल जी लगायतका कम्पनीहरु पनि रहेको छन् ।

गुगलले सन् २०१६ मा हार्डवेयर तथा भ्वाइस असिस्टेन्टको क्षेत्रमा समेत प्रवेश गर्दै आफ्नै फोन गुगल पिक्सेल, गुगल होम, तथा पर्सनल भ्वाइस असिस्टेन्ट लगायतका विभिन्न प्रडक्टबाट प्रयोगकर्तालाई आकर्षित गर्ने प्रयास गर्दै आयो ।

 

प्रकाशित : 6 September, 2023

प्रतिक्रिया दिनुहोस्