सुनको मूल्य ४०० रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार ?
सहयात्रा टिभी
काठमाडौँ । भदाै २१, नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।