संसदीय समितिद्धारा चिनियाँ राजदूतलाई सचेत गराउन निर्देशन

काठमाडौँ । भदौ २१, चिनियाँ राजदूत छन सङले नेपाल-भारत व्यापारका विषयमा दिएको अभिव्यक्तिका सम्बन्धमा सोधपुछ गरेर सचेत गराउन परराष्ट्र मन्त्रालयलाई संसदीय समितिद्धारा निर्देशन दिएको जानकारी प्राप्त भएको छ ।
बिहीबार बसेको संसद अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले यसै विषयमा जानकारी लिन परराष्ट्रमन्त्री एनपी साउदलाई बैठकमा बोलाएको थियो ।
बैठकमा समितिका अधिकांश सदस्यले चिनियाँ राजदूत छनको अभिव्यक्तिको विरोध गर्दै सचेत गराउनु पर्ने धारणा राखेको थिए । बैठकको अन्तिममा समिति सभापति राजकिशोर यादवले निर्देशन दिँदै यस विषयमा परराष्ट्र मन्त्रालयले राजदूतसँग सोधपुछ गरेर सचेत गराउन निर्देशन दिए ।
परराष्ट्रमन्त्री साउदले आफू काठमाडौँ बाहिर रहेकाले यस विषयमा पर्याप्त जानकारी नभएको जवाफ दिएका थिए ।
चिनियाँ राजदूत छेनले गत शनिबार फाउन्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिज नामक संस्थाले शनिबार काठमाडौँमा आयोजना गरेको ‘विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव’ शीर्षकमा आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्ने क्रममा भारत र नेपालको व्यापार सम्बन्धमाथि नकरात्मक टिप्पणी गरेका थिए ।
‘यो आर्थिक वर्षको पहिलो एक महिनामा (एक वर्षमा होइन) भारतबाट कति सिरिज आयात भयो थाहा छ रु तपाईंले भारतबाट सात अर्ब नेपाली रुपैयाँको ठूलो आयात गर्नुभयो ।
त्यसोलाई १२ ले गुणन गर्नुहोस् । १० अर्ब मात्रै होइन, भारतबाट प्रत्येक वर्ष सैयौँ अर्ब नेपाली रुपैयाँको कृषि उपज आयात हुने गरेको छ’, उनले भनेका थिए, ‘त्यसैले नेपाल सरकारलाई मैले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको थिएँ ।
त्यो धेरै महत्त्वपूर्ण छ । साथै, तपाईंसँग धेरै बलियो औद्योगिक आधार छैन । तपाईंको उत्पादन क्षेत्र जीडीपीको १४ प्रतिशतबाट अहिले १० प्रतिशत भन्दा तल झरेको छ ।’
यस विषयमा विवाद बढ्दै गएपछि समितिले परराष्ट्रमन्त्रीलाई बैठकमा बोलाएर जानकारी माग गरेको थियो ।