आज सुनको मुल्यमा बृद्धि
सहयात्रा टिभी
काठमाडौँ । भदौ २२, आज सुनको मुल्यमा बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेको जनाएको छ ।
आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर एक लाख १२ हजार तीन सय रुपैयाँमा पुगेको जानकारी प्राप्त भएको छ ।
यस्तै, चाँदी भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।