नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

सहयात्रा टिभी

नेपालगञ्ज । भदाै २५, प्रहरीले स्रोत नखुलेको २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका कर अधिकृत खगेन्द्र सापकोटालाई पक्राउ गरेको छ ।

आज बिहान नेपालगञ्ज विमानस्थलबाट श्री एयरलाइन्समार्फत काठमाडौँ आउन लागेका सापकोटालाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए।

विमानस्थलमा चेकजाँचको क्रममा उनको साथबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ बरामद गरिएको थियो । थप अनुसन्धानका लागि उनलाई अख्तियारको कार्यालय नेपालगञ्जमा बुझाइएको एसपी राठौरले जानकारी दिए ।

प्रकाशित : 11 September, 2023

प्रतिक्रिया दिनुहोस्