सुन स्थिर, चाँदीको भाउ बढ्यो

सहयात्रा टिभी

काठमाडौं । भदौ २६, सुनको भाउ आज स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन आज हिजो जस्तै तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने पाँच रुपैयाँले बढेर तोलाको एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

प्रकाशित : 12 September, 2023

प्रतिक्रिया दिनुहोस्