त्रिभुवन विमानस्थल बाहिरबाट अवैध सुन बरामद
सहयात्रा टिभी
काठमाडौं । भदौ २६, त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद गरेको हो ।
उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।