कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गते लाई सर्‍यो

सहयात्रा टिभी

काठमाडौँ । भदौ २७, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गते दिउँसो १ बजेका लागि सरेको छ ।

यसअघि बैठक असोज २ गतेका लागि तय भएको थियो ।

नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर बैठक सरेको जानकारी दिएका छन् ।

‘२०८० असोज २ गते पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० असोज ४ गते दिउँसो १:०० बजे बस्ने भएको छ,’ पौडेलले विज्ञप्तिमा लेखेका छन्, ‘उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

 

 

प्रकाशित : 13 September, 2023

प्रतिक्रिया दिनुहोस्