एप्पलद्धारा आइफोन १५ सिरिज सार्वजनिक

सहयात्रा टिभी

काठमाडौँ । भदौ २७, एप्पलले आइफोन १५ सिरिज सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार एप्पल इभेन्टमार्फत आइफोन १५ सिरिज सार्वजनिक गरेको हो।

एप्पलको आइफोन १५ विश्व बजारको निकै प्रतिक्षित सिरिज हो। क्यालिफोर्नियास्थित स्टिभ जब्स थियटरमा भएको एप्पल इभेन्टको यस वर्षको ट्यागलाइन वन्डरलस्टु रहेको थियो।

कम्पनीले आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी चार मोडल सार्वजनिक गरेको छ। कम्पनीले यही शुक्रबारदेखि प्रि-अर्डर समेत सुरू गर्ने बताएको छ।

आइफोन १५ सिरिजसँगै कम्पनीले एप्पल वाच अल्ट्रा २ र एप्पल वाच सिरिज ९ पनि सार्वजनिक गरेको छ। एप्पलले आइफोन १५ सिरिज र एयरपड्स प्रो डिभाइसहरूमा युएसबी-सी चार्जिङ केबल प्रदान गर्ने बताएको छ।

सार्वजनिक गरिएको नयाँ आइफोन १५ सिरिजअन्तर्गतको आइफोन १५ र आइफोन १५ प्लस १२८ जिबी, २५६ जिबी र ५१२ जिबीमा उपलब्ध हुनेछ।

यसबाहेक कम्पनीले सन् २०३० सम्ममा नेट शून्य कार्बन उत्पादन गर्ने योजना बनाएको छ। कम्पनीले वाच सिरिज ९ मा पनि रिसाइकल धातुहरू प्रयोग गरेको बताएको छ।

प्रकाशित : 13 September, 2023

प्रतिक्रिया दिनुहोस्