केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तीज र पञ्चमी पर्वमा भक्तजनको भीड

सहयात्रा टिभी

काठमाडौँ । असोज २, तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड अज पञ्चमी पुजा लगाएर सक्किएको छ ।

भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइने पर्वको अवसरमा देशका विभिन्न शिवालयमा महीलाहरुको भिड देख्न सकिन्छ ।

तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।विधिपूर्वक स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा, आराधना गरेर तीज र पञ्चमी पर्व मनाउने गरीन्छ ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।

यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ। टेकु र मूलपानीको ऋषेश्वर मन्दिर लगायत काठमाडौँ उपत्यकाका शिव मन्दिरहरुमा आज चहल पहल  बढेका छन् ।

जहाँ सनातनकालदेखि नै भाद्र शुक्ल पञ्चमीका दिन भक्तजनको भीड लाग्ने गरेको छ । आज भने तिथि ढिला लागेकाले करिब ११ बजेपछि भक्तजनको बढी भीड लागेको जनाइएको छ ।

यस वर्ष आज बिहान सूर्योदयकालमा चौथी तिथि भए पनि मध्याह्नकालमा पञ्चमी तिथि लाग्ने भएकाले आजै ऋषिपञ्चमी पर्व मनाउनुपर्ने निर्णय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको थियो ।

आज नेपाली नारीले विधिपूर्वक स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा, आराधना गरेपछि तीज पर्व समापन हुन्छ ।

आइतबार बेलुकी दर खाएपछि यस वर्षको तीज सुरु भएको थियो । नेपाली नारीले मात्र मनाउने मौलिक पर्वका रुपमा रहेको तीज पर्व सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतलगायत वैदिक सनातन हिन्दू धर्मावलम्बीको बसोबास रहेका मुलुकमा पनि मनाउन थालिएको छ ।

प्रकाशित : 19 September, 2023

प्रतिक्रिया दिनुहोस्