संविधान दिवसको अवसर पारी द्रुत बस सेवाको उद्घाटन

सहयात्रा टिभी

काठमाडौँ । असोज ३, बुधबारदेखि नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ ।

संविधान दिवसको अवसर पारी सरकारले बुधबार बिहान ९ बजे सूर्यविनायक–रत्नपार्क सडक खण्डमा यस्तो बस सेवाको उद्घाटन गर्दैछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, मध्यपुर थिमी, सूर्यविनायकका मेयरहरु सवार द्रुत बस रत्नपार्कबाट छुट्नेछ ।

यो बस निर्धारित ४५ मिनेटमा सूर्यविनायक पुग्नेछ । सार्वजनिक यातायातलाई ट्राफिक जामबाट मुक्त गर्न संसारभर यस्ता सवारी साधान चलाउने गरिन्छ । नेपालमा भने यो पहिलोपटक सुरु हुन थालेको हो ।

द्रुत बस चल्ने लेनमा सडक विभागले मंगलबार रातिसम्म मार्किङ गरेको छ । मन्त्रालयले यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ ।

सडक विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् । द्रुत बसहरु चल्ने लेनमा २र२ सय मिटरमा रेड मार्क गरिएको जानकारी उनले दिए ।

यसरी रेड मार्किङ गरेको सडकमा द्रुत बससेवा सञ्चालनको समयमा अन्य सवारी साधन गुड्न नपाउने पोखरेलले बताए । ‘त्यस्तै चोकचोकमा हुने ट्राफिक लाइनमा पनि यी बस रोकिनुपर्ने छैन, ट्राफिक प्रहरीले एम्बुलेन्सलाई जसरी नै लाइट पास गराउनेछन्’, उनले भने ।

हाललाई यस्ता बसमा द्रुत सेवा लेखेर सञ्चालन गरिने र पछि एकै रङका बस चलाइने तयारी भएको पोखरेलले भने । ‘संविधान दिवसका दिनबाट ट्रायलका रुपमा चलाउनेछौं । एक सातापछिबाट भने पूर्णरुपमा सञ्चालन हुनेछ,’ उनले भने ।

४० सिट क्षमताभन्दा माथिका बसहरु द्रुत बससेवाका लागि सञ्चालनको तयारी रहेको मन्त्रालयले जनाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार यस्ता बसहरुले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्नेछन् ।

रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायतमा यात्रु उकाल्ने, ओराल्न मात्रै हुने र रोक्दै नरोकिने पनेरुले बताए ।

बस सञ्चालनपछि डेढ घण्टाको बाटो ४५ मिनेट बनाउनका लागि लेनको प्रयोग गरिने जनाएको छ ।

 

 

 

 

 

प्रकाशित : 20 September, 2023

प्रतिक्रिया दिनुहोस्